काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो ।लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधन थालेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ ।बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।