
समाचार एजेन्सी एएनआईका अनुसार अल्लु अर्जुन आज बिहान तेलंगानाको बेगमपेटको किम्स अस्पताल पुगेका थिए । यस अस्पतालमा भागदौडमा घाइते भएका बालकलाई भर्ना गरेर राखिएको छ । अल्लु अस्पताल पुग्दा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सार्वजनिक भएको भिडियोमा अस्पताल परिसरमा भारी सुरक्षा बल तैनाथ गरिएको देखिन्छ । श्रीतेजको स्वास्थ्य अवस्था बुझेर अल्लु अस्पतालबाट हिडेका थिए ।
कस्तो छ बालकको अवस्था ?