गायक दुर्गेश थापाको दमदार इन्ट्री, दर्र्शकसँगै दीपक र दीपालाई नचाए
zeenepal
२०८१ माघ १५,
21
Shares
नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को पाँचौ दिन सोमबार गायक दुर्गेश थापाले मञ्चमा आफू नाचे र दर्शकलाई पनि खुबै नचाए । पश्चिममा सूर्य लालीमय भइसकेको थियो । हास्यकलाकार द्वय दीपक–दीपाले रामविलास र धनियाँ बनेर मनोरञ्जन प्रदान गर्दै थिए । युवायुवती सडक विभाग परिसरमा तिब्र प्रतिक्षामा थिए । दीपक दीपाले नै अबको प्रस्तुती दुर्गेश भाइको हुने भनेर घोषणा गरेका थिए । कार्यक्रमकी उद्घोषक ममता थापाले दर्शकलाई आइ लभ यु दुर्गेश भन्दै मञ्चमा डाकिन ।
कता हिँडेको बैनी हट बनेर पट भएर ब्युटी भएर भन्दै गायक दुर्गेग थापा रातो ज्याकेट, कालो चस्मा र कालो मास्क लगाएर बडो फुर्तिलो साथ स्टेजमा देखिए । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हे¥यैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए । गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले । दर्शकबाट वान्स मोर भनेपछि यही एउटा गीत उनले तीन पल्ट गाएर दर्शकलाई नचाएका थिए । उनले क्षेत्रीको छोरो हिरो छ हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा...लगाएका गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए । कार्यक्रममा निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार दीपाश्री निरौलाले देउडा गीतबाट दीपकसँग दोहोरी खेलेकी थिइन् । छक्कापञ्जामा राजा पात्र बनेर खस भाषामा चर्चित दीपकराजले पनि देउडाबाट दीपालाई जवाफ फर्र्काएका थिए ।
सोमबार गायिका इब्सल सन्ज्यालले पनि झुम्के गुलाबी..., माथि रानी वन...लगायतका गीत गाउँदै आफू नेपालगन्जकै चेली भएको भन्दै आत्मियता दर्शाएकी थिइन् । अर्का गायक अर्जुन सापकोटाले बस्यो अलक्कै वनकी चरी...लगायतका गीत गाएका थिए । उनी मञ्चदेखि तल झरेर दर्शकसँग हातमिलाउँदा दर्शक रमाएका थिए ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित गायिका एलिना चौहान, लोकदोहोरी गायक कमल विसी माल्दाइ, थारु गायक राज कुस्मी र डान्सर रुविना अधिकारीको प्रस्तुती रहने कार्यक्रम रहको छ ।
चौथो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार आइतबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए ।महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।