
चीनले विचारको विभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमण कांग्रेससँगको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यबाट अभिप्रेरित भएको समेत बताइन् । भ्रमण टोलीलाई सिचवानको प्रसिद्ध पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो बिहीबार चान्सी च्योङ समाजवादी नमुना गाउँको समेत अवलोकन भ्रमण गराइएको थियो । सो गाउँलाई चिनियाँ समाजवादी विकासको नमुना गाउँ समेत मानिन्छ । त्यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियो । यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियो ।