काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सोविता गौतमले वर्तमान सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको आरोप लगाएकी छिन् ।बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको जिकिर गरिन् ।सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ,’ सांसद गौतमले भनिन् ।सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको बताउँदै उनले भनिन्, ‘यो संकट सरकार आफैंले निम्त्याएको हो ।
ADVERTISEMENT

