नेपाल कमर्स क्याम्पसमा तीन संगठनले पाएनन् उम्मेदवार
zeenepal
२०८१ चैत्र ३,
24
Shares
काठमाडौं। नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा तीन संगठनले उम्मेदवार नै नपाएको पाइएको छ ।निर्वाचन समितिका अनुसार चुनाव लड्ने भनेर १० वटा संगठनले संगठन दर्ता गरेका थिए । तर, चुनावी प्रतिस्प्रर्धामा सात वटा संगठनले मात्रै भाग लिएका हुन् । बाँकी तीन वटा संगठनले संगठन मात्रै दर्ता गराए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), धमेन्द्र बास्तोला नेतृत्वको नेकपाले चुनाव लड्दैछन् ।यसबाहेक नेपाली कांग्रेस विपी, अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी र प्राज्ञिक संगठनले समेत संगठन दर्ता गरेका थिए । यी तीन संगठनले चुनावमा उम्मेदवार भने उठाएनन् ।
विद्यार्थी नेताहरूका अनुसार उम्मेदवार नै नपाएका कराण तीन संगठनले संगठन दर्ता गरेर पनि चुनावमा भाग नलिएका हुन् ।निर्वाचन समितिका अधिकारीहरू के कारणले उम्मेदवार उठाएनन् भन्ने आफूहरूको जानकारीमा नरहने बताउँछन ।दश वटा संगठन दर्ता भएका थिए । चुनावमा सात संगठले भाग लिएका छन्’ निर्वाचन समितिका प्रवक्ता अजय कुमार खड्काले जानकारी दिए ।खड्का अनुसार यो क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता छन् ।