काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलिले राजतन्त्र कसरी नयाँ प्रणाली हुन्छ भनेर प्रश्न गरेका छन् । उनले राजतन्त्र भनेको मुखियातन्त्र भएको बताउँदै ७० वर्षका नेता वृद्ध भए भनेर ८८ वर्षकोलाई नेता बनाउन हिँड्ने भन्दै राप्रपालगायतको आलोचना गरेका छन् राप्रपाका नेताहरूलाई लक्षित गर्दै ओलीले सामान्तवादी प्रणाली स्थापित गर्न हिँडेको बताए । राजनीतिक दलहरूले मुलुकको विकास गरेनन् भनेर सामन्तवादी मुखियातन्त्रको खोजीमा हिँडेको पनि उनको भनाइ थियो ।आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरूले गरेनन् ७० वर्षको बुढो भयो अरे नेता, ८८ वर्षका खोज्न जान्छन्,' ओलीले भने, 'सबैभन्दा थोत्रो, सामन्तवादी प्रणाली पुनःस्थापित गर्छु भन्छन्, नयाँ भनेर उच्चारण गर्दछन् । नयाँ ? राजतन्त्र नयाँ हुन्छ ? यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने यो भएन, त्यो भएन भन्ने ? मुखिया तन्त्रमा फर्किन खोज्ने राजतन्त्र भनेको मुखियातन्त्र हो ।’
एमालेको युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले रास्वपालाई पनि लक्षित गरेर आलोचना गरेका छन् । उनले रास्वपा माओवादीको पछि लागेको भन्दै आरोप लगाएका हुन् । ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दैछन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ,' ओलीले भने, 'विध्वंस मच्चाएर थाकेका, थकित तत्वहरूको पसिना पुछ्न किन जानुपर्यो प्रधानमन्त्री ओलीले आफू धैर्यतापूर्वक अघि बढ्ने र देश विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।

