काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील रहेको बताएका छन् । साथै खोज, उद्धार तथा निर्माण र पुनर्निर्माणका लागि पनि प्रतिबद्ध रहेको उनले बताए ।२०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपदबाट जोगिनका लागि र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए ।
ADVERTISEMENT

