काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नायिका सुरक्षा पन्तलाई ढाडस दिएका छन् । बुधबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रिय नाचघर जमलमा सम्बोधन गर्दै पन्तलाई ढाडस दिएका हुन् ।पन्तले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा पूर्व नवयुवराज हृदयविक्रम शाहलाई कलाकार बन्न सुझाव दिएकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर राजावादीहरूले व्यापक आलोचना गरेका थिए । राजावादीहरूले पन्तको चलचित्र खेलसमेत बहिष्कार गरेका थिए । सोही विषयलाई लिएर ओलीले तानाशाही शासनव्यवस्था फालेर गणतन्त्र आउँदा समेत अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएकोमा असन्तुष्टि पोखे ।
‘आजका सजिला दिनमा पनि तपाईंलाई सजिलो छैन । कस्तो अप्ठ्यारो दिन आयो । एउटा मन परेको कलाकारलाई मन परेको कुरा गर्न पनि । एउटा हाइण्डसम ब्याइलाई हाइण्डसम छ खेल्न आए राम्रो हुन्छ, कलाकार भए राम्रो हुन्छ भन्दा पनि उद्युम गाली खाइन्छ’, उनले भने ।
ओलीले रैतीबाट माथि उठ्न नजानेका रैतानहरूलाई उठाउन खोज्दा समेत रैती नै बन्न खोजेको अरोप लगाए । ‘राजावादीमाथि खनिँदै ओलीले भने– ‘रैतीबाट आफैँ माथि उठ्न नजाने रैतानहरूलाई हामीले उठान खोज्यौँ । गणतन्त्र आएर उन्मुक्ति पाइसक्यो फेरि हामी रैती नै हौँ भन्छन् । स्वतन्त्र भन्दा पनि रिसाउँछन् । हामी अराएको मान्छौँ रैती नै हुन चाहन्छौँ भन्छन् । यही विचार र संस्कृतिको लडाइँ छ ।’प्रजातन्त्र सुन्नै नसक्ने, वाक स्वतन्त्रता सुन्नै नसक्ने तानाशाहीको ग्रेड कसरी चम्केकोमा ओलीले आश्चर्य माने ।
नायिका पन्तलाई ढाडस दिँदै ओलीले कलाकारलाई हेर्ने, सुन्ने, माया गर्ने मान्छे थुप्रै भएको भन्दै राजावादीहरूलाई घरमै सिरक ओडेर बस्न सुझाव दिए ।कलाकार मन पराउने, स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन् । फिल्म बहिष्कार ! वा कस्तो सुन्नै नसकेको ?’, आश्चर्य मान्दै ओलीले भने ।

