
समाजलाई सत्यको बाटोमा लैजान धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसात गरौँ, उनले भने, जसले मेहनत गर्छ । मेहनतको फलको आनन्द प्राप्ति बेग्लै किसिमको हुन्छ । समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडि बढाउन सेवाभावले समर्पित व्यक्तिको समाजले मूल्याङ्कन गर्न सक्नुपर्ने उनले बताए । उनले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।