
सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजारहरू केही मात्रामा घटेका छन् र भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि नै धेरैजसो रोकिएको छ । तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीहरूबीचको यस हप्ताको बैठक त्यसयता पहिलो औपचारिक वार्ताको चरण हो ।यसैबिच फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको परिणामले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताए । ‘हामी एउटा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ जहाँ प्रशासनले हाम्रा थुप्रै महत्त्वपूर्ण व्यापारिक साझेदारहरूसँग वार्ता सुरु गरिरहेको छ । त्यसले आर्थिक परिदृश्यलाई भौतिक रूपमा परिवर्तन गर्ने क्षमता राख्छ वा नराख्न पनि सक्छ’, सिएनएनले पावेललाई उद्धृत गर्दै जनाएको छ ।