बाँके (बानियाभार) : कर्णाली प्रदेश जोड्ने १ सय ३२ केभी विद्युत प्रसारण लाईन बस्तीमाथि परेकाले उठिबास हुने अवस्था आएको भन्दै प्रभावित बासिन्दाले बिहीबार प्रर्दशन गरेका छन् । नेपालगन्ज सुर्खेत जोड्ने रत्न राजमार्ग बन्द गरेर स्थानीय बासिन्दाले दिउँसो प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका कारण केहीबेर सम्म रत्न राजमार्गमा यातायात सेवा प्रभावित बन्न पुगेको थियो । राजमार्ग बन्द भएपछि त्यहाँ यातायात सेवा ठप्प भएको थियो । सो क्रममा केही स्थानीय बासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केहीदिन देखी बानियाभारका स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् ।