प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
zeenepal
२०८२ असार ११,
12
Shares
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।एमालेका नेता/कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।
सोही अनुसार प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् ।प्रधानमन्त्री भए बापत उहाँले मासिक २५ हजारका दरले लेबी बुझाउनुभयो,’ केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले अनलाइनखबरसँग भने ।साथै, उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ ।सोही अनुसार, अध्यक्ष ओलीले पनि बुधबार पार्टी सदस्यता र लेबी तिरेको उनको सचिवालयले जनाएको छ ।जस अनुसार उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।