काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा बाढी र पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई राहतको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भातृ संगठनलाई अपिल पनि गरेका छन् ।चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस तथा त्यसमा सवार यात्रुको खोजी कार्य अझै जारी छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।