
त्यस्तै लेखिका तथा थारु कल्याणकारिणी सभा तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य इन्दु थारु पनि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् । उनका बुवा जोखन रत्गैंया तथा काका जगत रत्गैया माओवादी जनयुद्धमा सेनाबाट मारिएका थिए ।पार्टी प्रवेश गर्ने अन्यमा थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य गणेश चौधरी (कपिलबस्तु), मोर्चाकै केन्द्रीय सदस्य बासुदेव चौधरी (रुपन्देही), मोर्चाका नवलपरासी जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, नवलपरासीको सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरी पनि रहेका छन् ।