काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो ।
बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले आफूहरूले उठाएको संवेदनशील विषयमा सरकार अनदेखा गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको बताइन् । उनले बोलिसकेपछि रास्वपा सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन् ।
ADVERTISEMENT

