काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ गरेको छ ।अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको हो ।
जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो ।त्यसक्रममा रकम समेत बरामद भएको अख्तियार स्रोतले बतायो ।
ADVERTISEMENT

