काठमाडौं । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी हिरक महोत्सव समिति गठन गरिने भएको छ । फाउन्डेसनका अनुसार भण्डारीको ७५औं जन्म जयन्तीको सन्दर्भमा उनको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पुर्याउने उद्देश्यले ‘जननेता मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गर्न खोजिएको हो ।
फाउन्डेसनले मंगलबार यसबारे जानकारी दिन पत्रकार सम्मेलन पनि आयोजना गरेको छ ।१४ असार २००९ मा जन्मिएका भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । ४१ वर्षमै दुर्घटनामा ज्यान गुमाएका भण्डारी जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता हुन् ।०४६ भदौमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिव भएका भण्डारीले झन्डै साढे तीन वर्ष मात्रै खुला राजनीतिमा बिताउन पाए ।उनकै स्मृतिमा गठन गरिएको फाउन्डेसनले हिरक महोत्सव मनाउने तयारी सुरु गरेको हो ।
ADVERTISEMENT

