संसदीय समितिले सरकारलाई भन्यो : हैजाप्रति गम्भीर बन्नू
zeenepal
२०७९ असार १३,
18
Shares
काठमाडौं १३ असार। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए । अहिले पनि बढ्न सक्ने खतरा छ । त्यसकारण यो विषयलाई सिरियसली लिन आग्रह गर्ने ।’
समितिमा औषधिको मूल्यवृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।नेपालमै औषधि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने सांसदहरुको सुझावलाई पनि समितिले निर्णयमा समेटेको छ । ‘विदेशबाट भन्दा देशमा उत्पादन भएको औषधिहरु खरिद गर्नमा विशेष ध्यान दिने’ समितिको निर्णयमा भनिएको छ ।
समिति सदस्य नविना लामाले ब्राण्डको नाममा गुणस्तरहीन औषधिको प्रयोग भइरहेको भन्दै सरकारको आलोचना गरेकी थिइन् ।