काठमाडौँ । दलितका लागि दलित अभियानले काठमाडौँको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
अभियानका संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन । दलितहरूका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ उनले दलितहरूको अधिकार एमाले र काँग्रेसले काटेको आरोप लगाए । उनले नयाँ आएका दलहरूले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए ।
संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र काँग्रेसले दलितहरूलाई जातीय विभेद गरेको आरोप समेत लगाएका छन् ।