बाँके : बैजनाथ गाउँपालिकाले बुधबार आफ्नो वार्षिक समिक्षा कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक समिक्षा गरेको हो । गाउँपालिका कार्यालय रामपुर, बाँकेमा आयोजित समिक्षा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
समिक्षा कार्यक्रममा विभिन्न विषयगत शाखाले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए । सो क्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही लगायतले सम्बोधन गरेका थिए ।