रौतहट । जेनजी आन्दोलन हिंसात्मक मोडमा पुगेपछि रौतहटमा लागु गरिएको निषेधाज्ञा बल्ल हट्ने भएको छ ।जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार जारी गरेको विज्ञप्तिमा जिल्लाको सुरक्षा अवस्था सामान्य भएकाले गौर नगरपालिका–चारकिल्लाभित्र लागु गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने उल्लेख छ ।
हाल स्थिर शान्ति सुरक्षाका कारण जारी गरिएको निषेधाज्ञालाई हटाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए। गत भदौ २४ गते भएको आन्दोलनले रौतहटमा पनि भौतिक क्षति पुर्याएको थियो ।
ADVERTISEMENT

