वीरगंज - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की पर्सा–२ का उम्मेदवार विना जैसवाल कुर्मीले आज आफ्नो घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेकी छन्।
वीरगन्ज महानगरपालिका–२५, श्रीसिया क्षेत्रबाट सुरु भएको अभियानमा उम्मेदवार जैसवाल कुर्मीले टोल–टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेकी छन्। उनले जनताका समस्या, सुझाव र अपेक्षाहरू सुन्दै आगामी दिनमा यसलाई नीतिगत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
घरदैलो कार्यक्रममा शिक्षा, स्वास्थ्य सेवा, युवा बेरोजगारी, बालविवाह लगायतका सामाजिक तथा विकाससम्बन्धी मुद्दा माथि स्थानीयको धारणा संकलन गरिएको थियो। स्थानीयवासीहरूले उम्मेदवारको प्रत्यक्ष भेटघाटले राजनीतिक चेतना अभिवृद्धि भएको र जनतासँग नजिकबाट जोडिन सहज भएको बताएका छन्।
जैसवाल कुर्मीको यो अभियानले पर्सा–२ क्षेत्रमा राप्रपाको सक्रियता र जनसम्पर्कलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
ADVERTISEMENT

