काठमाडौं । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । आयोगमा बिहीबार निवेदन दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने सदस्य छन् ।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ । ‘आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकून्’ पार्टीले भनेको छ ।
ADVERTISEMENT

