काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले यो सरकार जेनजी आन्दोलनको जगमा बनेकाले कांग्रेस र एमालेले नियुक्त गरेका राजदूत फिर्ता बोलाएको जिकिर गरेकी छिन् । शुक्रबार विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध परेको रिटमा सरकारको तर्फबाट बहस गर्दै उनले सो कुरा बताएकी हुन् ।राजनीतिक पार्टीबाट नियुक्त भएका राजदूतले काम गर्न सक्दैनन् भन्ने लागेर सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेको उनको दाबी छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सरकारका तर्फबाट महान्यायाधिवक्ता भण्डारीले विभिन्न देशबाट राजदूत फिर्ता गरे पनि त्यहाँ कर्मचारीबाट अहिलेलाई काम चल्ने दाबी गरिन् । ‘राजा नहुँदा कर्मचारीबाट देश चल्छ भने राजदूतबिना पनि कूटनीतिक क्षेत्र चल्छ,’ उनले भनिन्, ‘त्यसैले राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिट खारेज होस् ।’
ADVERTISEMENT

