नेपालगञ्ज : धारा नेपालगञ्ज म्याराथनको ११औ संस्करण तथा नेपालगञ्ज कन्क्लेभको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले ११औ धारा नेपालगञ्ज म्याराथन बिजेतालाई दुई लाख नगद र ट्रफि दिईने जानकारी दिए । महिला हाप म्याराथनको विजेताले पनि नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने बताए । पुरुष खुल्ला म्याराथन (४२१९५ किमी) तर्फ दोसो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार नगद पुरस्कृत गरिने जानकारी दिए । उनले यो पटक म्याराथन पुरा गर्ने सबैलाई जनही नगद पाँचहजार नगद र भेट्रान ४५ वर्ष माथिका शीर्ष तीनलाई २५ हजार १५ हजार र १० हजार पुरस्कृत गरिने तयारी रहेको सुनाए ।
यसैगरी महिला हाफ म्याराथन (किमी) तर्फ दोसो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौलाई १० हजार प्रदान गरिने छ ।१० किमी खुल्ला पुरुष तथा महिला तर्फका शीर्ष तीन जनालाई सहजार हजार र १० हजारले पुरस्कृत गरिने, त्यस्तै पाँच किलोमिटर स्कूल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई नगद ५ हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र उपलब्ध गराईनेछ भने ह्वीलचेयरतर्फ तीन जनालाई पनि ५ हजार, ३ हजार र २ हजार प्रदान गरिने रेस डायरेक्टर चन्द्र गुरुङ्गले जानकारी दिए ।
उनले कर्पोरेट रन तर्फका शीर्ष तीन जनालाई पदक प्रमाणपत्र र सरपाहज उपहार प्याकेज प्रदान गरिने बताउदै सरप्राइज प्याकेज भने स्याराथन पछि घोषणा गरिने बताए । यस पटक नौलो प्रयास नेपालगञ्ज म्याराथनको ११औं संस्करणदेखि एक स्कुललाई नेपालगन्ज टफी प्रदान गरिने तयारी छ ।
स्वस्थ समाज निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको मुल्यांकन गर्दै एक विद्यालयलाई ट्रफीबाट सम्मान गरिने भएको आयोजकले जनाएको छ ।यसैगरी सो अवसरमा नेपालगञ्ज कन्क्लेभको पनि तयारी पुरा भएको कन्क्लेभका निर्देशक जनक नेपालले जानकारी दिए । उनले डेढ दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा विभिन्न विषय बस्तुमा सम्बन्धित क्षेत्रका विज्ञलाई सुन्न सकिने बताए । कार्यक्रममा टाईटल स्पोन्सर केएल दुगड समुहका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाई लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ADVERTISEMENT

