बाँके –यतिखेर भदौं २ गते शनिबार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको रौनकले नेपालगन्ज तातिएको छ ।उक्त चुनावमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट ललित रौनियारको नेतृत्वमा सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन्, प्रमोदकुमार अग्रवाल । लामो समयदेखि व्यावसायी क्षेत्रमा सक्रिय प्रमोद उद्योग वाणिज्य संघको प्रवित्तिलाई सुधार्न आफू कार्यसमितिमा जान चुनावमा होमिएको बताउँछन् ।
अहिले उद्योग वाणिज्य संघमा यति धेरै बेतिथि बढेको छ की नेपालगन्जका व्यावसायीहरुले किन भोट हाल्ने भन्नेसमेत प्रतिक्रिया दिई रहेका छन्,प्रमोदले भने,यहाँ चुनाव जित्न र कुर्सीमा बस्न जे–जे गर्न सकिन्छ, ती सबै कामहरु भई रहेका छन् ।प्रमोद उद्योग वाणिज्य संघ अहिले गाउँघरमा रहेका कृषि फर्म, पशु फर्मलाई पनि सदस्यता वितरण गरिएको बताउँछन् ।अरे यहाँ त बाख्रा पाल्नेलाई पनि सदस्यता दिएका छन्, गाई पाल्नेलाई पनि सदस्यता दिएका छन् ।अनि कहाबाट व्यावसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघलाई पत्याउछन् त,उनले भने, त्यसैले हामीले दुःख पाइम पाइम अब यी सबै बेतिथि हटाउन हामी कार्यसमितिमा जाँदै छौं ।’ प्रमोद नेपालगन्ज सहरलाई प्रमख ब्यापारिक केन्द्रको रुपमा स्थापन गर्ने सम्भावना हुँदा हुँदा पनि त्यसतर्फ वर्तमान कार्यसमिति लागि नपरेको गुनासो गर्छन् ।
उनी आफू र आफ्नो प्यानलको प्रमुख एजेण्डा हरेक व्यावसायीले नेपालगन्ज उद्योग वाणिज्य संघलाई आफ्नो संस्था भनेर विश्वास दिलाउने रहेको बताउँछन् । प्रमोद हाल नेपालगन्जमवा प्रमोद टे«र्डस र भेरी ढुवानी सेवाको संचालक गरिरहेका छन् ।यसका अलवा उनी नेपालगन्ज किराना तथा खाद्य व्यावसायी संघको उपाध्यक्ष हुन् । साथै योग समिति नेपालगन्जको संयोजक, योग समिति नेपालगन्जको आजिवन सदस्य, योग प्रशिक्षक, योग अभियन्ता हुन भने सामाजिक सेवा गरेवापत विभिन्न संघ संस्थाबाट उनी सम्मानितसमेत भई सकेका छन् ।