मन्त्री कुँवर र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता
zeenepal
२०७९ असार २०,
9
Shares
काठमाडौं २० असार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।सोमबार मन्त्रालयमा भएको भेटमा भारतमा काम गर्ने नेपाली कामदारको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
भारतीय राजदूतले भने भारतमा रहेका कामदारको सुरक्षाका लागि आफूहरूले योजना बनाएर काम गरिरहेको जानकारी दिएका थिए ।भेटमा मन्त्री कुँवरले भारतसँग नेपालको वर्षौंदेखिको सामाजिक, पारस्परिक सम्बन्ध रहेकाले भन्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरेको बताएका छन् ।