सङ्खुवासभा । सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी खाँदबारी नगरपालिका —७ की ३० बर्षीया सविता मगरलाई अत्याधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।सुत्केरी मगरलाई सोमबार दिउँसो राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो ।
आइतबार सुत्केरी ब्यथा लागेर जिल्ला अस्पताल भर्ना भएकी मगरको सोमबार बिहान ८ बजे अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएको थियो । सुत्केरी मगरलाई अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।शल्यक्रियापछि सुत्केरी मगरको अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोश देवले बताए ।सुत्केरी मगरको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको उनको भनाइ छ ।
ADVERTISEMENT

