काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकोले माफी माग्नुपर्ने बताएका हुन्।
उनले पे, ‘उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ। प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र? त्यसरी चिप्लिन पाइन्छ र भन्ने कुरा हो। अर्को कुरा मलाई अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आइतबार बिदाको दिन संसद् राख्नुभएछ, उहाँ बोल्नुभएछ। सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो कि त्यो पनि हुनसक्छ।प्रधानमन्त्री साहले संसद्मा आएर माफी नमागेसम्म संसद्मा अरू विषयमा छलफल हुन नदिने उनले स्पष्ट पारे। राष्ट्रियता भन्दा ठुलो बजेटको छलफल नभएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको जवाफ र माफीलाई नै मुख्य अडान बनाएका छन्।

