जनकपुरधाम । मधेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाका मन्त्रीहरू राजीनामा दिन तयारी गरेका छन् । एक सांसदका अनुसार केहीबेर अगाडि नेकपा संसदीय दलको भर्चुअल बैठक भएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पश्चात भएको भर्चुअल बैठकमा सरकारबाट बाहरिने निर्णयमा गरेको हो ।केही बेरपछि नेकपाका चार मन्त्रीले मधेस प्रदेश सरकारलाई राजीनामा पत्र बुझाउने तयारीमा छन् । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।
अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् ।गत असोज ३० गते मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि सरकार अल्पमतमा छ । यद्यपि नेकपाले कांग्रेसको मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई काँध थापिरहेको थियो ।मधेश सरकारलाई अब विश्वासको मत लिन ८ दिन मात्र बाँकी रहेको छ ।मधेशमा नेकपा एमालेले जसपा र नेकपा सहितको नयाँ समीकरण बनेको दाबी गरेको छ ।एमाले संसदीय दलका नेता सरोज कुमार यादवले केन्द्रमै तीन दलका शीर्ष नेता बसेर नयाँ समीकरण बनेको अनलाइनखबरलाई आज बिहान बताएका थिए ।तर, जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव भने उक्त कुरा सही नभएको दाबी समेत समाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यद्यपि जसपाभित्र पनि समीकरण बनेको दाबी छ ।
ADVERTISEMENT

