
एमालेले गठबन्धनबिना केही गर्न सकिन्न भन्ने मानसिकतालाई बदल्न पनि निर्देशन दिएको छ । 'गठबन्धन रहे पनि हामी केही गर्न सक्दैनौँ या नयाँ गठबन्धनबिना हामी अघि बढ्न सक्दैनौँ भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ । हाम्रो पंक्तिलाई आफ्नो शक्तिमाथि भरोसा दिलाउन जरुरी छ । आत्मविश्वास बढाउन जरुरी छ ।'पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्ने निष्कर्ष निकाल्दै एमालेले अपानीमा भनेको छ, 'पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ । हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामर्थ्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।'