काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ ।शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।
ADVERTISEMENT