जनकपुरधाम ४ जेठ।नेकपा एमालेले स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भएको आरोप लगाएका छन् ।एमालेका प्रदेश इन्चार्ज रघुवीर महासेठले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै धाँधली गरेर नेपाली कांग्रेस सत्ता कब्जा गर्न खोजिरहेको बताएका छन् ।हामी यस्ता लोेकतन्त्रविरोधी कुकृत्यको घोर भत्र्सना गर्दै विरोध गर्दछौं’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको गठबन्धन सरकारले अबिलम्ब यस्ता क्रियाकलाप बन्द गर्न र घटना भएका ठाउँमा सत्यतथ्य छानबिन गरी अपराधीमाथि कारवाही गर्न र जनमतको कदर गर्न माग गर्दछौं । अन्यथा कडा कदम चाल्न बाध्य हुनेछौं ।’
पार्टीका सचिवसमेत रहेका महासेठले सिरहाको धनगढीमाई नगरपालिका ३ को बुथमा एमालेले जितेको ठाउँमा पुनः मतगणना गराई २ मतले कांग्रेसलाई जिताएको, महोत्तरीको बर्दिवास ८ को वडाअध्यक्षमा एमालेले जितेको घोषणा गरेको २ घण्टापछि मतदान अधिकृतको मिलोमतोमा माओवादीले जितेको घोषणा गरेको, धनुषाको नगराइन, मिथिला बिहारी, क्षिरेश्वरनाथसहितका ७ ठाउँमा धाँधली भएको महासेठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
gratis
crackedo
ADVERTISEMENT