काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीका प्रचण्ड नेताहरुसहित सोलुखुम्बु पुगेका छन् ।समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर सोलुखुम्बु गएका हुन् । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
प्रचण्डका साथमा अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरु समेत सोलुखुम्बु पुगेका छन्।प्रचण्ड सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यक्रम छ ।