काठमाडौं पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् ।नीतिगत, कानुनी, संरचनागत सुधार मार्फत पर्यटन क्षेत्रलमाई व्यवस्थित गर्ने आधार तयार पारेको उनले दावी गरेका छन् ।पर्यटन क्षेत्रको पुनरुत्थानमा कार्ययोजना ल्याएर कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रबर्द्धन, नेपाल पर्यटन दशक घोषणालाई उनले महत्वपूर्ण काम भनेका छन् ।
होप अन होप अफ बस सञ्चालनको अवधारणा अगाडि बढाउने, रात्रिकालीन सम्पदा यात्राका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम समेत आफ्नो कार्यकालमा भएको उनको भनाइ छ । यसबीचमा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न सफल भएको उनको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको मिति तय हुनु समेत उनले उपलब्धि मानेका छन् । उनले निजगढ विमानस्थल निर्माणसम्बन्धी अन्योलको समेत अन्त्य भएको उनले बताएका छन् । अमेरिका, स्वीट्जल्याण्ड, रुवाण्डासहितका मुलुकसँग हवाई सम्झौताको काम अन्तिम चरणमा पुगेको समेत मन्त्री श्रेष्ठले बताएका छन् ।
ADVERTISEMENT

