नेपालगञ्ज पोष । नेपालगन्जमा आगामी माघ दोस्रो सातादेखी प्रादेशिक स्तरिय महोत्सव संचालनमा आउने भएको छ । आगामी माघ १० गतेदेखि २४ गतेसम्म 'नेपालगन्ज ब्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव' हुन लागेको आयोजक पक्षले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रा.लि. ले संयुक्त रूपमा महोत्सव गर्न लागेका हुन ।
'समृद्द नेपालको प्रमुख आधार उद्योग ब्यापार कृषि पर्यटन साँस्कृतिक तथा रोजगारीको पुर्बाधार' भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष मधु कुमारी खड्काले जानकारी दिइन ।महोत्सवमा प्रवेशका लागि ६० रुपैयाँ प्रवेश शुल्क र बिद्यार्थीलाई ५० रुपैयाँ टिकट दर राखिएको छ । महोत्सवमा ३ सय वटा स्टल रहने आयोजकले जनाएको छ । 'जस भित्र थारु होमस्टे गाउँ पनि रहनेछ,' बिज्ञप्ती मा भनिएको छ । उक्त महोत्सवमा नेपालका उत्कृष्ट कुस्ती खेलाडी दावा थापा आउने भएका छन ।
'महोत्सवमा मुख्य आकर्षणमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ,' महासंघका महासचीव जि.आर. भुसालले भने ।
महोत्सवमा ५० बढी कलाकारको सहभागिता रहने र १ लाख दर्सकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा महासंघका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंह, केन्द्रिय सदस्य जिवनाथ सापकोटा, प्रा.लि का प्रवन्ध निर्देशक भक्तबहादुर थापा मगर लगायत अतिथी उपस्थित भएका थिए ।
ADVERTISEMENT