
मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, बिस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको स्पष्ट पारिन् । उनले सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको पनि उल्लेख गरिन् ।
उनले भनिन् ‘सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको छ । सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले कार्य गरिरहेको छ ।
उनले सुशासन सरकारको प्राथमिकतामा रहेको बताइन् । मन्त्री शर्माले देशमा भएका बेथितिहरूको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन् । सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाई छ ।