काठमाडौं । प्रधानन्यायाधीशको तत्काल नियुक्ति माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । बुधबार पनि नेपाल बार एशोसिएसनको परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले तत्काल प्रमुख पाउनुपर्ने बताए । उनले न्यायपालिका प्रमुख पद खाली हुँदा पनि जिम्मेवार निकायले आफ्नो काम नगरेको भन्दै असन्तुष्टि जनाए ।
ADVERTISEMENT

