सांसद विकास कोषको मागलाई गम्भीरतापूर्वक लिने अर्थमन्त्रीको प्रतिवद्धता
zeenepal
२०८० बैशाख २७,
6
Shares
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषको मागलाई गम्भीरतापूर्वक लिने बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘सांसद विकास कोषको कुरा पनि उठाउनुभएको छ । जनताको अपेक्षा त माननीय ज्युहरुबाटै छ ।
त्यो ठूलो दवावमा यहाँहरु हुनुहुन्छ । यहाँ स्रोतको दवाव छ ।तथापि, यस मागलाइ गम्भीरतापूर्वक लिने उनको प्रतिवद्धता छ । उनले भने, ‘यस (सांसद विकास कोष)लाई कसरी कुन मोडलमा सम्बोधन गर्न सकिन्छ, गम्भीरताका साथ म लिन्छु । तर, यसै हुन्छ भनेर विश्वस्त नहुन पनि म माननीय सदस्यहलाई आग्रह गर्न चाहन्छु ।’