
सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरू विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए । उनले भने, ‘फेसबुकबाट व्यक्त गर्ने विचारहरूले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरूलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौँ । यो असुरक्षालाई तपाईँहरूको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौँ । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरूलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौँ ।मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यबद्धता जनाएको छ ।