काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् ।अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै महासचिव पोख्रेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिंदैछ ।
भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिल्यै पुराना हुँदैनन् ।’नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने उनको भनाइ छ । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले बताएका छन् ।
ADVERTISEMENT

