
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद गिरीले अनसनबारे जानकारी गराएका थिए । यस्तै, विशेष समयमा बोल्ने सांसदहरू घिमिरे, केसी र गौतमले पनि उनीसँग तत्काल वार्ता गर्न र समस्या समाधान गर्न अनुरोध गरेका छन् ।नीहरूले संसदमा कुरा सुनुवाइ नभए कहाँ गएर बोल्ने भन्दै प्रश्न गरेका छन् । 'सत्तारुढ दलकै सांसद अनसनमा बस्नु विडम्बना हो । संसदमा बोलेको कुरा सुनुवाइ हुँदैन भने कहाँ गएर बोल्ने रु,' उनीहरुको गुनासो छ, 'उहाँमात्र होइन, अब हामी पनि गएर अनसन बस्ने दिन नआओस् ।'
मुलुकमा धेरै चिजहरु समयमा नबनेको उनीहरुको भनाइ छ । 'नगरकोटको बाटो बन्दैन, जब्दी पुल पप्पु यादव भन्नेले बनाएको, त्यो सात वर्ष भयो, बन्दैन। उदयपुरको त्रियुगा पुल बन्दैन। संखुवासभाको अरुण पुल बन्दैन। दाङकै पुल बन्दैन। चार लेन बाटो बन्दैन,' सांसद गिरीले भने।गिरीले अब अनसनको सुरुवात भएको बताए। 'तीन दिन भयो गौतम अनसन बसेको। भोलि हामी सुन्नु नपरोस्, नारायण खड्का त्रियुगाको पुलमुनि बस्नुभएको छ भनेर। पछि दीपक खड्का अरुणको पुलमुनि बस्नुभएको छ भनेर सुन्नु नपरोस्,' उनले भने।