संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनु जस्तै : मनिष झा
zeenepal
२०८० जेष्ठ १२,
45
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन् ।संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै उनले उनले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताए ।यो राजनीतिक एजेण्डा हो ।
यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेण्डा हो,’ उनले भने, ‘सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ । त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ ।’उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने बताए ।