
मंगलबार नै मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा भने नेम्वाङले संसद्को अवरोधलाई स्थानीय तहको निर्वाचनसँग जोडेका थिए । 'हामी अहिले नयाँ निस्कर्षमा पुगिसकेका छैनौं । तर हामी छलफलमा पनि छौं । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौं । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निस्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौं । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भनेका थिए ।