
समिति सभापति मायाप्रसाद शर्माले राष्ट्रिय महत्त्वका कागजपत्र राज्यलाई नै आवश्यक हुने भन्दै अभिलेखालयलाई व्यवस्थित बनाई संरक्षण गर्न आवश्यक रहेको बताए । राष्ट्रिय महत्त्वका कागजपत्रहरु अभिलेखालयमा देखाउनको लागि नभई आवश्यकता पूर्ति गर्नको लागि व्यवस्थित बनाउन आवश्यक भएको उनले बताए । विगतमा भएका राष्ट्रिय महत्त्वका कागजपत्रको संरक्षण गर्न नसके भविष्यको आशा गर्न नसकिने उनले बताए । विगतलाई भावी पुस्तामा देखाउनका लागि पनि अभिलेख राख्न आवश्यक रहेको उनले बताए । राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले राष्ट्रिय अभिलेखालय वार्षिक ५ लाख बजेटले व्यवस्थापन हुन नसक्ने बताए । राज्यका महत्त्वपूर्ण कागजपत्रहरु व्यवस्थापन र व्यवस्थित बनाउने राज्यको दायित्व भएको भन्दै संरक्षण गर्न आवश्यक रहेको उनले बताए । समितिले अभिलेखालयको विषयमा महत्वकासाथ संसदमा समेत राखेर सरकारलाई व्यवस्थित बनाउन बाध्य पार्न आवश्यक रहेको उनले बताए ।
त्यस्तै अर्का सदस्य मोहम्मद खालिदले राष्ट्रिय अभिलेखालयमा बस्ने कागजपत्र राष्ट्रिय धरोहर भएको बताए । राष्ट्रिय धरोहरलाई जोगाउनुपर्ने जिम्मेवारी सांसदहरुको पनि उनले बताए । अभिलेखालय संरक्षण र व्यवस्थित गर्नको लागि सरकारलाई समितिले निर्देशन दिएर अघि बढ्नुपर्ने उनले बताए । राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले राष्ट्रिय अभिलेखालयलाई व्यवस्थित बनाउन अभिलेखालय अध्ययन गर्ने विद्यार्थीलाई बाहिर पढ्न भएपनि पठाउन सक्नुपर्ने बताइन् । सरकारले चाहेमा अभिलेखालय सञ्चालनलाई व्यवस्थित बनाउने र बजेट समेत व्यवस्था गर्नसक्ने उनले बताइन् ।