राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्नुपर्ने छ : मन्त्री मोदी
zeenepal
२०८० श्रावण १६,
6
Shares
ललितपुर ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनको अन्तिम मस्यौदा तयारीका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
“राजनीतिक तह र प्रशासनिक क्षेत्रमा पनि फोहोरमैला छ, यसलाई पनि सफा गर्नुपर्ने छ,” मन्त्री मोदीले भने, “सुन काण्ड, ललिता निवास काण्डदेखि भुटानी शरणार्थीसम्मको फोहरको व्यवस्थापनका लागि सरकारले आफ्नो ढंगबाट काम गरिरहेको छ ।मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालयले कानुन निर्माणकाे काम अन्तिम चरणमा पुर्याएकाले मौजुदा कानुनमा उचित सुझाव दिन समेत आग्रह गरे । सबैका सुझावलाई समेटिएर नै कानुन निर्माण गर्ने आफ्नो सोच रहेको उनको भनाई थियो ।
मन्त्री मोदीले फोहोरलाई मोहोर बनाउने अभियान थाल्नेतिर ध्यान दिनुपर्ने पनि बताए । मन्त्री मोदीले प्रशासनिक क्षेत्रको सुधारदेखि ऐन निर्माणसम्मका कामहरुमा मन्त्रालयले ध्यान दिइरहेको बताए । मन्त्रालयले संघीय निजामती सेवा ऐन, फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन, ढुंगा गिट्टी बालुवासम्बन्धी कानुन निर्माणलाई अन्तिम चरणमा पुर्याएको समेत उनले बताए । छलफलमा उपत्यकाका जनप्रतिनिधिहरुसहित प्रमुख प्रशासकीय अधिकृत र अन्य सरोकारवाला उपस्थित छन् ।