कात्तिक, रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्।
तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।’उनले क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गरेको बताउँदै शान्ति प्रक्रियापछि पनि साथ आवश्यक रहेको बताए ।उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।
ADVERTISEMENT

