
पुनः निर्माणका लागि पुरातत्त्व विभागले २५ लाख र बाँकी रकम मन्दिर व्यवस्थापन समितिले जुटाएको छ । धेरैजसो रकम दानबाट सङ्कलन गरिने कुँवरको भनाई छ । ‘मन्दिर अगाडी टेबल राखेका छौँ । इच्छुकसँग सहयोग लिएका छौँ,’ उनले भने, ‘२ करोड जति सङ्कलन भैसकेको छ ।’ प्राचीनकामा माटोको ढिस्कामा शिला रहेको र सोही शिला छोपिने गरी मन्दिर निर्माण गरिएको कथन यहाँका पुजारीहरूले सुनाउँछन् । दसैँको कोजाग्रत पूर्णिमामा तालबाराहीमा विशेष मेला लाग्छ ।
वि.सं. १४६७ सालमा तालबाराही मन्दिर स्थापना भएको विश्वास छ । यसलाई पछिल्लो पटक २०१४ सालमा अहिलेको स्वरुपमा निर्माण गरिएको हो । मन्दिर पुनः निर्माण अवधिभरि बाहिरै पूजाको व्यवस्था मिलाइएको छ । शिलान्यास गर्दै मेयर आचार्यले पैसाको अभावमा पुनः निर्माण नरोकिने बताए । ‘यो हामी सबैको सम्पदा हो । यसको पुनः निर्माणमा लाग्ने खर्च अभावले काम रोकिँदैन,’ उनले भने, ‘महानगर तपाईंहरुको साथमा छ । सबै क्षेत्रबाट सहयोग सङ्कलन हुन्छ ।’ मन्दिर निर्माणका लागि गुरुयोजना बनाइएको छ ।