
यस्तै पार्टीद्वारा निकट भविष्यमा गर्ने भनिएको आन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट संचालन गर्न महामन्त्री डा धवल शमसेर राणाको संयोजकत्वमा रहेको आन्दोलन परिचालन समितिलाई पूर्णता दिइएको छ। समिति ११ सदस्यीय बनेको श्रेष्ठले जानकारी दिए ।
यस्तै नविन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० जना युवालाई पार्टीको केन्द्रीय समितिमा लैजाने यसअघिको निर्णयलाई कार्यान्वयन गर्न र प्राप्त निवेदनहरु मध्येबाट छनौटका लागि योग्यता र मापदण्ड तय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रबक्ता गोपाल दाहाल र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गरिएको छ।यस्तै राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पौस १८ गतेसम्म उमेदवार सिफारिश गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।